नियम ३८
मूल नियमावलीको नियम ६० मा संशोधन

मूल नियमावलीको,–
(१) नियम ६० को उपनियम (१) को सट्टा देहायको उपनियम (१) राखिएको छ ः –

“(१) कुनै निजामती कर्मचारीले कुल धर्म अनुृसार आपैmं किरिया बस्नु परेमा वा
त्यस्तो कर्मचारीको बाबुआमा, बाजेबज्यै, छोराछोरी वा सासु ससुराको मृत्यु भएमा वा
पुरुष निजामती कर्मचारीको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन किरिया बिदा
पाउनेछ । महिला निजामती कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन किरिया बिदा दिइनेछ ।“

(२) उपनियम (२) पछि देहायको उपनियम (३) र (४) थपिएका छन् ः–

“(३) उपनियम (१) बमोजिम बिदा लिने निजामती कर्मचारीले बिदा पछि
कार्यालयमा हाजिर भएको पन्ध्र दिन भित्र मृत व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृत
व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने निजामती
कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।”